एजेन्सी । बलिउड सुपरस्टार सलमान खान अब छिट्टै आफ्नो पूर्व प्रेमिका कट्रिना कैफसँग विवाह गर्दैछन् । उनीहरुको विवाहको तयारी लगभग सकिएको छ ।
बलिउड इन्डस्ट्रिमा सलमान र कट्रिनाको जोडी मन नपराउने मानिस सायदै कम होलान । उनीहरुको फ्यान फलोइङ पनि बाक्लै छन् । तर उनीहरु रियल लाइफमा नभएर रिलमा मात्र विवाह गर्न लागेका हुन् । अर्थात सलमान र कट्रिना अभिनित पछिल्लो फिल्म ‘भारत’ मा समावेश वेडिङ सिक्वेन्स सुट गर्ने तयारी भईरहेको छ ।
भारतीय मिडियामा उल्लेख गरिएअनुसार फिल्म भारतमा सलमान र कट्रिनाको विवाहको दृश्य उक्त फिल्मको एउटा गीतमा समाबेश गरिनेछ । जसको लागि सेट पूरै फूलले सिगारिएको छ । सलमान र कट्रिनाले भारतको सेटबाट एउटा पनि बेडिङ लुक्स सार्वजनिक गरेका छैनन् ।































प्रतिक्रिया