काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले आजदेखि संसद अवरुद्ध नगर्ने भएको छ । आइतबार दिउँसो ३ बजेलाई बोलाईएको संसद बैठक अवरुद्ध नगर्ने कांग्रेसले जनाएको छ । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । त्यसपछि संसद सुचारु हुनेछ ।
गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल केन्द्र सरकार मातहतमा राख्नुपर्ने माग सम्बोधन भएपछि कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षालाई मुद्दा बनाएको थियो । डा. केसीले एकतर्फी रुपमा अनसन तोडेपछि कांग्रेसले संसदमा अवरोध हटाएको हो ।
विभिन्न माग राख्दैं संसद अबरुद्ध पार्दै आएको कांग्रेसका सबै माग पुरा भएपछि अब कसरी अगाडि बढ्ने विषयमा छलफल गर्दैछ । संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्न आजै कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ ।































प्रतिक्रिया