भारतमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, ९ डिब्बा लिकबाट उछुट्टिए

भारतमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, ९ डिब्बा लिकबाट उछुट्टिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको रेल बैशाली भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

रेलका नौ डिब्बा लिकबाट उछुट्टिएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको र धेरै यात्रु घाइते भएको पूर्वमध्य रेलवेका अधिकारी राजेश कुमारले जानकारी दिए । धेरै यात्रुहरु डिब्बामा फसेका छन् ।

उनीहरुको उद्धारकार्य जारी छ । घटनास्थलमा सुरक्षाकर्मी, उद्धारकर्मी र स्वास्थ्यकर्मीको टोली खटिएको छ । रेल दुर्घटनाको कारण भने खुलेको छैन ।

Logo