काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने जानकारी दिएको छ ।
कम्पनीका अनुसार विद्युत् नियमन आयोगको स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सो लाभांश वितरण हुनेछ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।































प्रतिक्रिया