काठमाडौं । काठमाडौंको सिनामंगलमा अवस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरुलाई सबैभन्दा बढी स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाका रुपमा सरकारबाट सम्मानित भएको छ ।
सातौं सामाजिक सुरक्षा दिवस, २०८१ को अवसरमा आज आयोजित विशेष समारोहकाबीच सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताहरुलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरुमध्ये बागमती प्रदेशबाट सबैभन्दा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गर्ने केएमसीलाई सम्मान गरिएको हो ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहाललाई प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

मोरङ ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा. शर्मा केएमसीका सञ्चालक हुन् । उनले नेतृत्व सम्हालेदेखि केएमसीले उत्कृष्ट स्वास्थ्य सेवा दिँदै आएको छ । सेवा पनि विस्तार गरेको छ । सांसद डा. शर्माकै पहलमा पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमसम्मका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा तथा विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरेर सेवा दिइरहेका छन् । त्यहाँ सम्भव नभए आफ्नै केएमसी र नोबेलमा ल्याएर निःशुल्क उपचार गराइदिन्छन् ।





























प्रतिक्रिया