पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले बढ्यो

पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँले वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाएको जनाएको छ । अहिले निगमलाई १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । बढाईएको मूल्यपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुनेछ ।

Skip This
Skip This
Logo