डिपिएल – ३ को खेल तालिका सार्वजनिक (खेल तालिकासहित)

डिपिएल – ३ को खेल तालिका सार्वजनिक (खेल तालिकासहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। धनगढी प्रिमियर लिगको तेस्रो संस्करण यही माघ २६ गते देखि फागुन ११ गतेसम्म आयोजना हुँदैछ।

यस सिजनमा धनगढी स्टार्स, सीवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, विराटनगर किङ्ग्स र महेन्द्रनगर युनाइटेड भिड्दै छन्।

सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा फेब्रुअरी ९ तारिखमा विराटनगर किंग्स र धनगढी स्टार्स भिड्ने छन्।

उद्घाटन खेल बाहेक प्रतियोगिताको पहिलो चरणमा हरेक दिन दुई खेल हुनेछन् जसअन्तर्गत पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजेबाट हुनेछ।

Skip This
Skip This
Logo