युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भवः रुसी विदेशमन्त्री सर्गेइ

युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भवः रुसी विदेशमन्त्री सर्गेइ

केन्द्रबिन्दु
24
Shares

मस्को । युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रुसी विदेशमन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताएका छन् ।

लावरोभले रुसको आधिकारिक अखबार रोसिस्काया गजेटासँगको अन्तर्वार्तामा भने, “युद्धको मैदानमा हेर्दा, हामी अझै पनि संकटको राजनीतिक र कूटनीतिक समाधानबाट टाढा छौँ । वासिङ्टन र यसका सहयोगीहरू रुसका लागि रणनीतिक पराजय हासिल गर्न दृढ छन् । ”

रुसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणलाई “बढ्दो कदम’’ का रूपमा वर्णन गर्दै उनले त्यस्ता कार्यहरूको प्रतिक्रिया दिने मस्कोको चेतावनीलाई बेवास्ता गरिएको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शत्रु पक्षको कुनै क्रियाकलापले रुसलाई लक्ष्यहरू प्राप्त गर्नबाट पछि हट्न बाध्य नपार्ने बताउदै आफू सधैँ शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्ने पक्षमा रहेको बताएका छन् ।

Logo