काठमाडौं ।
कराँते प्रशिक्षक गौतम खाती यतिबेला एड्भेन्चर स्टारका रूपमा परिचित छन् । विभिन्न साहसिक खेलमार्फत आफूलाई प्रस्तुत गर्न रुचाउने खाती कला क्षेत्रमा पनि उतिकै सक्रिय छन् । उनले हालसम्म ३ दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
विशेष गरेर कराँते प्रशिक्षणबाट करियर सुरु गर्दै विभिन्न साहसिक खेलहरू, बन्जी जम्प, स्काई–डाइभ, र्याफ्टिङ, रोप साइक्लिङ, रक क्लाइम्बिङ, प्याराग्लाइडिङ लगायत खेलमा अब्बल मानिने खातीले साहसिक खेलमार्फत नै विभिन्न रकेर्डहरू राखिसकेका छन् ।
यससँगै अब केही समयको अन्तरालमा उनले सगरमाथाको चुचुरोबाट कराँते प्रशिक्षकका हैसियतले ब्ल्याक बेल्ड ड्रेससहित स्काई–डाइभ गर्ने योजना बनाएका छन् । जुन, निकै साहसिक, जोखिम र खर्चिलोसमेत हुने खातीको भनाई छ । तथापि, विश्व रेकर्ड राख्नका साथै नेपाली पर्यटन क्षेत्रमा थोरै भएपनि सहयोग पुग्ने खातीको अपेक्षा रहेको छ ।
यी र यस्तै विषयमा उनै एड्भेन्चर स्टार खातीसँग केन्द्रविन्दुका लागि मनोज न्यौपानले गर्नुभएको विशेष संवाद :





























प्रतिक्रिया