भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
105
Shares

भक्तपुर । भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बाप्र ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४१ वर्षीया नवीना देउला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा आज बिहान पौने ८ बजे मृत्यु भएको हो ।

ट्रक चालक मकवानपुरगढी–४ का ३८ वर्षीय बुद्धबहादुर घलानलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा नवीनाका श्रीमान् जिते देउला घाइते भएका छन् । उनको उपचार नागरिक अस्पतालमा भइरहेको छ ।

Skip This
Skip This
Logo