शुरु भयो सप्तकोसीमा जल यातायात

शुरु भयो सप्तकोसीमा जल यातायात

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गत २० मंसिरमा प्रधानमन्त्री केपी ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्नेक्रममा सप्तकोसी नदीमा चाँडै पानीजहाज आउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले सप्तकोसीमा जहाजको कार्यालय नै खोलेर काम सुरु हुने बताएलगत्तै सुविधायुक्त नयाँ पानीजहाज ल्याइयो । हालै बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीमा पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ । तर कोसी नदीमा विभिन्न कम्पनीले धमाधम मिनी पानीजहाज ल्याएर यातायात सेवा सञ्चालन गरिरहेका छन् ।

जल यातायातका लागि अहिले सप्तकोसीको चतरा उत्तम गन्तव्य बनेको छ । पूर्वक्षेत्रका विभिन्न जिल्लामा जाने मिनी पानीजहाज र जेटबोटको पार्किङस्थल चतरा बनेको छ । चतराबाट दूधकोसी हुँदै जरायोघाट, अरुण हुँदै तुम्लिङटार र तमोर हुँदै मूलघाटसम्मको यात्रा सहज बनाउन चारवटा सुविधासम्पन्न मिनी पानीजहाज सञ्चालनमा ल्याइएको हो । सप्तकोसी लगायत अन्य नदीमा कसरी पानीजहाज सञ्चालन भइरहेका छन् र हुने क्रममा छन् ।

शौचालयसहितको अत्याधुनिक सुविधासहितको एक सय यात्रु बोक्ने जहाज सप्तकोसी आइपुगेको छ । सिसा भएको सिटमा पानीसमेत पस्दैन । बराह क्षेत्र मरिन एन्ड रिसोर्टस् प्रालिले जहाज ल्याएको हो । एउटा सय सिटे र अर्को २५ सिटे क्षमताका दुईवटा जहाजले सेवा दिन थालेका छन् । जहाज ल्याउन कम्पनीलाई बराह क्षेत्र नगरपालिकाले पनि सहयोग गरेको छ ।

सुविधा सम्पन्न मिनी पानीजहाज हाल चतराबाट भोजपुर, धनकुटा रुटमा चल्दै आएको स्थानीय सरोज कोइरालाले जानकारी दिए । यो जहाज सञ्चालन भएपछि अहिले १० मिनेटमै बराह क्षेत्र पुग्न सकिन्छ । यसअघि सडक यातायातबाट चतराबाट डेढ घन्टा लाग्ने गरेको थियो । उक्त पानीजहाज काभ्रेको दोलालघाटसम्म सञ्चालनका लागि तयारी भइरहेको छ । दूधकोसीमा भएका ठुल्ठूला चट्टान फुटाएर बाटो बनाउन सरकारले बजेटसमेत विनियोजन गरेको छ । दोलालघाटसम्म जहाज चल्ने हो भने सडक यात्रामा दिनभरि लाग्ने सुनसरी एक घन्टामै पुग्न सकिनेछ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo