काठमाडौं । जगदम्बा इन्टरप्राइजेजले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छड बजारमा ल्याएको छ । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रमबीच जगशक्ति गोल्ड टिमएटी छड बजारमा ल्याईएको हो ।
जगदम्बाले चर्चित हास्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई सद्भावना दूत बनाएको छ ।
जगदम्बाको जगशक्ति गोल्ड टिमएटी बजारमा
कार्यक्रममा जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टिएमटी बार सार्वजनिक गरेका थिए ।
जगदम्बा इन्टरप्राइजेजले जगशक्ति गोल्ड बारको प्रति मेटिक टन बिक्रीबाट २० रुपैयाँ धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उपलब्ध गराउने घोषणा गरेको छ ।
कार्यक्रममा निर्देशक रुंगटाले उक्त सहयोग २ वर्षसम्म उत्पादन हुने जगशक्ति गोल्ड छडको बिक्रीबाट उपलब्ध गराइने जानकारी दिए । कार्यक्रममा सद्भावना दूत धुर्मुसले आफूले घोषणा गरेको रंगशाला निर्माण गर्न सबैसँग सहयोगको आग्रह गरे ।





























प्रतिक्रिया