कांग्रेस, एमाले र माओवादी मिलेर देशलाई बन्धक बनाए: राप्रपा अध्यक्ष लिङ्देन

कांग्रेस, एमाले र माओवादी मिलेर देशलाई बन्धक बनाए: राप्रपा अध्यक्ष लिङ्देन

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी मिलेर देशलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई बन्धकबाट मुक्त पार्न पनि अब नेपाली जनताले नयाँ विकल्प खोज्ने बेला आएको बताए ।

उनले भने, ‘कांग्रेस, एमाले र माओवादीले देशलाई बन्धक बनाएका छन् । बन्धकबाट मुक्त पार्न पनि अब नेपाली जनताले नयाँ विकल्प खोज्नेबेला आएको छ । त्यसकारण एकचोटी मन र मत परिवर्तन गरौँ, राप्रपाले यो देशमा आफूलाई नयाँ विकल्पको साथ आफूलाई अगाडि उभ्याएको छ । प्रष्ट दृष्टिकोणका साथ आफूलाई उभ्याएको छ । मतदान गरेर देश बचाउने र बनाउने अभियानमा सहयोग गर्नुहोस् भन्ने म अपिल गर्न चाहन्छु ।’

उनले कीर्तिपुरमा जितेर त्यहीँबाट नै राप्रपाले कस्तो देश बनाउन खोजेको रहेछ भन्ने कुराको सन्देश दिन खोजेको बताए । भ्रष्टाचारको ढाकछोप गर्नका लागि कांग्रेस एमाले जस्तो पार्टीहरू मिलेर सरकार बनाएको उनको भनाइ छ ।

उनले भने,‘हामीले जितेर यही कीर्तिपुर बनाएर राप्रपाले कस्तो देश बनाउन खोजेको रहेछ भन्ने कुराको सन्देश दिन खोजेको छ । मेरो झापाको हल्दिबारी गाउँपालिका हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले भन्दो मात्र रहेछ कि मौका पाए गर्दो पनि रहेछ भन्ने कुरा मेरो गाउँपालिकामा गएर हेर्नुहोला । भ्रष्टाचारको ढाकछोप गर्नका लागि कांग्रेस एमाले जस्तो पार्टीहरु मिलेर सरकार बनाइरहेका छन् । त्यो सबलाई पछि पार्न एक पटक हामीलाई सहयोग गर्नुहोस् ।’

Skip This
Skip This
Logo