सोहेल तनभिरले चितव राइनोजबाट एनपीएल खेल्ने

सोहेल तनभिरले चितव राइनोजबाट एनपीएल खेल्ने

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । आउँदो नोभेम्बर ३० (मंसिर १५) बाट सुरु हुने नेपाल प्रिमियर लिगको पहिलो सिजनका लागि पाकिस्तानी क्रिकेटमा लामो समय खेलिसकेका अनुभवी खेलाडी सोहेल तनभिरलाई चितवन राइनोजले अनुबन्ध गरेको छ ।

बायाँ हाते पेस बलिङ गर्ने उनको भिन्न किसिमको शैलीले बायाँ हातका तनभिरलाई विश्वभरका क्रिकेट लिगहरूमा चर्चा कमाउन निकै मद्दत गरेको छ ।

राजस्थान रोयल्सबाट खेली आइपीएल जितेका तथा पाकिस्तान सुपर लिग विजेता समेत रहेका तनभिरको सबैभन्दा ठूलो उपलब्धी उनले पाकिस्तान टिमबाट सन् २००९ को टी २० विश्वकप जितेका छन् । उनको गौरवशाली र विस्तारित क्रिकेटिङ करियर अझै चलिरहने विश्वास छ ।

‘मैले यसलाई एक चुनौतिका रूपमा लिएको छु । नेपाल गएर हजारौँ नेपाली क्रिकेट फ्यानहरूका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभूति हुनेछ। मलाई लाग्छ, नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन् ।’ सोहेल तनभिरले भने ।

‘हामीलाई यस्तै कुनै खेलाडीको खाँचो थियो । हामीले डे लाङको अभावलाई खड्किन नदिन सोहेल तनभिरलाई अनुबन्ध गरी टिममा नयाँ ऊर्जा थपेका छौँ । उनको उपस्थितिले टिमलाई उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्दछ ।’ चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले भने ।

Skip This
Skip This
Logo