काठमाडाैं । शनिबार भब्यताका साथ सुरु हुन गइरहेको नेपाली घरेलु क्रिकेटकै सबैभन्दा ठुलो प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपीएल)को एजुकेसन पार्टनर प्रेसिडेन्सियल ग्र्याजुएट(पीजीएस) स्कुल बनेको छ ।
‘बिल्डिङ च्याम्पियन्स अन एण्ड अफ द फिल्ड’ स्लोगनका साथ ३ वर्षका लागि एजुकेसन पार्टनर बनेको प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलले एनपीएलकाे दौरान इमर्जिङ प्लेयरलाई एक मिलियन अर्थात(दश लाख) रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने पनि जानकारी दिएको छ ।
सम्झौताका क्रममा क्यानका तर्फबाट सचिव पारस खड्का र प्रेसिडेन्सिका तर्फबाट अध्यक्ष लक्ष्मण केसी उपस्थित थिए ।
अध्यक्ष केसीले पहिलोपटक हुन गइरहेको एनपीएलको क्रेज अन्तर्राष्ट्रिय स्तरमै भइरहेको कारण आफू एनपीएलको एजुकेसन पार्टनर बनेको बताए ।
प्रेसिडेन्सियलले बिजनेस, टेक्नोलोजी र डाटा साइन्सेसजस्ता विविध शैक्षिक कार्यक्रमहरूमा उच्चस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । यो सम्झौता प्रतिभाहरूलाई प्रेरित गर्न र खेलको महत्त्वपूर्ण भूमिकालाई प्रवर्द्धन गर्ने साझा उद्देश्यले गरिएको पीजीएसले जनाएको छ ।
प्रेसिडेन्सियलले आर्टिफिसियल इन्टेलिजेन्स एण्ड मेशिन लर्निङ, साइबर सेक्युरिटी, डाटा एनालिटिक्स, सप्लाई चेन म्यानेजमेन्ट, मल्टिमिडिया टेक्नोलोजिज, आन्ट्रप्रेनरसिप, डिजिटल मार्केटिङ र अन्य विभिन्न क्षेत्रबाट माग गरिए बमोजिम अमेरिकी स्नातक र स्नातकोत्तर डिग्री कार्यक्रमहरू प्रदान गर्दै आएको छ।





























प्रतिक्रिया