एनपीएलमा खेलाडीले छक्का-चौका हान्दा प्रेसिडेन्सियल स्कुलले गर्‍यो बिरुवा रोप्ने घोषणा

एनपीएलमा खेलाडीले छक्का-चौका हान्दा प्रेसिडेन्सियल स्कुलले गर्‍यो बिरुवा रोप्ने घोषणा

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी भएका खेलाडीले एक छक्का वा चौका हान्दा बिरुवा रोप्ने घोषणा गरेको छ । प्रेसिडेन्सियल स्कुलले एनपीएल अवधिभर क्रिकेट खेलाडीले एक छक्का हान्दा दुईवटा र चौका हान्दा एक वटा बिरुवा रोप्ने भएको हो ।

एनपीएलको एजुकेशन पार्टनरसमेत रहेको प्रेसिडेन्सियले खेलको उत्साह सँगैसँगै स्वच्छ वातावरण तयार गर्नमा पनि मद्दत पुगोस् भन्ने उद्देश्य राखी उक्त निर्णय गरेको छ । एनपीएलसँगै एजुकेशन पार्टनरको रूपमा नेपाल क्रिकेट सङ्घ (क्यान)सँग प्रेसिडेन्सियल ३ वर्षको लागि समझदारी पत्र (एमओयू) भइसकेको बताइएको छ ।

जलवायु परिवर्तन बढ्दै गएको र यसलाई कम गर्नको लागि सम्बन्धित संस्थाले मात्र नभई शैक्षिक संस्थाले पनि उत्तरदायित्व लिनुपर्छ भन्ने सन्देश दिनको लागि खेलाडीले छक्का र चौका हान्दा बिरुवा रोप्ने निर्णय लिएको प्रेसिडेन्सियल ग्राजुएट स्कुलका बिजनेश डेभलपमेन्ट हेड सुशान्त त्रिपाठीले बताए ।

त्रिपाठीका अनुसार जति धरै चौका र छक्का त्यति धेरै प्रेसिडेन्सियल बिरुवा रोप्ने छ । नेपालमा क्रिकेट खेल मात्र नभई कल्चरको रुपामा विकास हुँदै गएको विषयलाई मध्यनजर गरेर प्रेसिडेन्सियलले चौका र छक्का हान्दा बिरुवा रोप्ने अवधारण अगाडि बढाएको त्रिपाठीको भनाइ छ ।

‘नेपालले अन्तर्राष्ट्रिय लेबलसम्म गएर क्रिकेट खेलिसकेको छ, नेपालीमा पनि क्रिकेट क्रेज बढी राख्दा चौका र छक्का बिरुवा रोप्ने नयाँ अभियानको सुरुवात गरेका हौं, यसले खेलाडीमा पनि उत्साहको नयाँ आशा थप्ने विश्वास छ,’ उनले भने ।

प्रेसिडेन्सियलले बिरुवा रोपेपछिको संरक्षणलाई पनि ख्यालमा राख्दै उक्त योजना अगाडि बढाएको हो । खेलसकिएर बिरुवा रोपे पश्चात् सो बिरुवाको संरक्षणको जिम्मा आधिकारिक संस्था वा व्यतिलाई दिने त्रिपाठीले सुनाए । ‘रुख रोपेर मात्र हुँदैन, रुखसँगसँगै त्यसको संरक्षण अति महत्वपूर्ण हुन्छ, जसको संरक्षणको लागि हामी लाग्ने छौं,’ उनले भने ।

नेपालमा पहिलो पटक हुन लागेको एनपीएल (मंसिर १५ गतेबाट पुषको ६ गतेसम्म हुनेछ । अहिले निकै चर्चा पाइरहेको एनपीएलले नेपाली क्रिकेट जगतलाई नयाँ उचाइमा पुर्याउने विश्वास समेत लिइएको छ ।

Skip This
Skip This
Logo