मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण

मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण

केन्द्रबिन्दु
0
Shares

क्वालालम्पुर

मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गर्नुभएको छ । यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् छनौट गरिएका नयाँ राजाले राज्यारोहण गर्नुभएको हो ।

खेलप्रेमी नयाँ राजा अब्दुल्लाहले राज्यारोहण समारोहमा नीलो पानीरङको औपचारिक पोशाक लगाउनु भएको थियो । क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा सांस्कृतिक र परम्परागत रुपमा आयोजना गरिएको भव्य समारोहमा नयाँ राजाले सपथ ग्रहण गर्नुभएको थियो ।

समारोहमा प्रधानमन्त्री महाथिर मोहम्मदसहित हजारौं अतिथिहरु, मुस्लिम धर्मगुरुहरु लगायतको उल्लेख्य सहभागिता थियो भने टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । सपथ ग्रहण अगाडि ५९ वर्षीय नयाँ राजा अब्दुल्लाहलाई राष्ट्रिय संसदमा स्वागत गरिएको थियो भने सम्मान गारत पनि दिइएको थियो ।

मलेसियाको राजसभाद्वारा केही दिन अगाडि संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६ औं राजा हुनुभएको छ । यसअघिका राजा सुल्तान मुहम्मद पाँचौंले यही जनवरी ६ मा राजीनामा घोषणा गरेपछि अब्दुल्लाहलाई नयाँ राजा चयन गरिएको हो । मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावधि नसकिँदै राजीनामा दिने मुहम्मद पहिलो राजा हुनुहुन्छ ।

उहाँले राजीनामा दिनुको कारण अहिलेसम्म स्पष्ट पारिएको छैन, तर रुसी पूर्व सुन्दरीसँग विवाह गरेकाले उहाँले राजीनामा दिएको बताइएको छ । राजीनामा घोषणा गर्नुअघि ४९ वर्षीय १५ औं राजा सुल्तानले केही सातादेखि विदा लिनु भएको थियो । उहाँले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिनु भएको थियो ।
रासस /एएफपी

Skip This
Skip This
Logo