प्रकाण्डका छोरा नरेन्द्र गोलीसहित पक्राउ

प्रकाण्डका छोरा नरेन्द्र गोलीसहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

विराटनगर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा बिहीबार साँझ विराटनगरबाट गोलीसहित पक्राउ परेका छन् । कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट पक्राउ परेका हुन् ।

नरेन्द्रको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको स्रोतको दाबी छ । नरेन्द्र पक्राउ परेको विषयलाई प्रहरीका अधिकारीले भने गोप्य राख्ने प्रयास गरेका छन् ।

नरेन्द्र यति एयरलायन्सको जहाजबाट साँझ ५ः५५ को फ्लाइटमा विराटनगर विमानस्थल हुँदै काठमाडौं जाने तयारीमा थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली फेला परेपछि एक युवालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताए । ‘एक युवा जहाजमा चढ्नलाई सुरक्षा चेकजाँच गराउने क्रममा गोलीसहित पक्राउ परेका छन्,’ उनले भने, ‘उनको अन्य पृष्ठभूमि भने खुल्न सकेको छैन ।’
अन्नपूर्णबाट

Logo