काठमाडौं । नेपालको पश्चिम क्षेत्रबाट मजदुरी गर्न भारत पुगेकाहरुले एउटा उपहार लिएर फर्किने गरेका छन् । सुदूरपश्चिमत तथा मध्यपश्चिमाञ्चल क्षेत्रका रोजगारीको भारत गएकाहरु कहिल्यै निको नहुने रोग एचआईभी एड्स संक्रमित भएर फर्किने गरेका छन् । धेरै जसो नेपालीहरु यो रोगबाट पीडित छन् ।
उनीहरुमात्र नभएर नेपाल फर्किएसँगै श्रीमतीलाई समेत यो रोग उपहार दिने गरेका छन् । नेपालका विभिन्न संघसंस्थाले जारी गरेको तथ्यांकले पनि यस्तो अवस्था देखाईरहेको छ । अब हामी कुरा गरौं छिमेकी मुलुक भारतको । भारतमा यौन व्यवसाय गर्नेहरु प्रसस्त मात्रामा पाईन्छन् । राजधानी नयाँदिल्ली, मुम्बुई, बेग्लुर लगायतका शहरमा यौन व्यवसाय सञ्चालन भईरहेका छन् ।
भारतमा मात्रै करिब ३० लाख महिला यौन व्यवसायमा सक्रिय छन् । विभिन्न अध्ययनका अनुसार विश्वभर ४ करोड भन्दा बढी ‘सेक्स वर्कर’ रहेको तथ्यांक छ । वेश्यावृत्ति मा पक्राउ पर्ने महिलाको औसतन उमेर १३ बर्ष रहेको छ ।
भारतको मुम्बईमा सबैभन्दा ठुलो सेक्स इन्डस्ट्रि छ । त्यहाँ २ लाख भन्दा ज्यादा ‘सेक्स वर्कर’ छन् भने ती मध्ये पनि ५० प्रतिशत एड्सबाट ग्रसित रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारतमा पुरूष वेश्यावृत्ति पनि छन् । उनीहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गईरहेको छ । टाईम्सअफ इण्डियाका अनुसार दिल्ली, चन्डीगढ़ र मुम्बई जस्ता ठुला शहरमा धनी महिलाहरु पुरूष वेश्याबाट सेवा लिने गरेका छन् । पुरूष यौन व्यावसायलाई जिगोली भनिन्छ ।
यूनिसेफको रिपोर्ट अनुसार भारतमा लगभग २ लाख बालिका यो व्यवसायमा छन् । भारतमा पर्यटनको कारण बाल वेश्यावृत्ति लगातार बढि रहेको पाइन्छ । पश्चिमी देशका केहि मानिसहरु बाल वेश्यावृत्तिकै लागि भारत आउने गर्दछन् । उनिहरु बालिकालाई यौन शोषण मात्र नगरेर पोर्न चलचित्र बनाएर फर्कने गर्दछन् ।
संसारका २०० भन्दा ज्यादा देशहरु मध्ये २२ देशले मात्र वेश्यावृत्तिलाई कानुनी मान्यता दिएका छन् । वेश्यावृत्तिमा नाम चलेका १० शीर्ष देशमा थाईलेण्ड, ब्राजिल,स्पेन,इन्डोनेशिया, कोलबिया, फ्लिपिन्स , केन्या, नेदरलेण्ड, कम्बोडिया, डोमिनिकन गणराज्य रहेका छन् ।
सेक्स वर्करसँग २ हजार रुपैयाँ करः
यौन व्यवासायलाई हाम्रो समाजमा घृणाको नजरले हेरिन्छ । यौन व्यवासायको लागि हाम्रो समाजमा न कुनै राम्रो स्थान छ न त हेराइ नै । धेरै मानिसहरुलाई यस कुराको जानकारी हुदैन की प्राय यस व्यावसायका महिला आफ्नो इच्छाले आएका हुदैनन् । उनीहरु मानव तस्करीको शिकार बनेर त अरुले फसाएर सो काममा आइपुग्छन् ।
भारतमा सन् २०१८ देखि यौन व्यवसायीलाई पनि राज्यले कर लगाएको छ । उत्तर प्रदेशमा रहेका यौन व्यवसायीले पनि सरकारलाई कर तिर्दै आएका हुन् । यूपीको बरेली जिल्लाको फरीदपुर नगरपालिका यौन व्यवसायी तथा भिखारीहरुसँग कर लिन थालेको हो । नगरपालिकाले यौन व्यवसायीसँग दुई हजार रुपैयाँ र भिखारीहरुसँग ५ सय रुपैयाँ कर लिन थालेको हो ।





























प्रतिक्रिया