चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित

केन्द्रबिन्दु
0
Shares

बहुचर्चित चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि  पारित भएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच बिधेयक पारित भएको हो।  बिहीबार बसेको राष्ट्रिय सभा बैठकको सुरूदेखि नै नेपाली कांग्रेसका सांसदहरूले उभिएर विरोध गरेका थिए।

चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता गराए पनि अवरोध गरेकाले उनीहरू छलफलसमेत बहिष्कार गरे। संशोधन हालेका राष्ट्रिय जनता पार्टीका सांसद वृजेशचन्द्रलालले छलफलमा सहभागी हुँदै डाक्टर गोविन्द केसीसँग भएका सम्झौताका बुँदा समेटेर नआएको विधेयक परिमार्जन गरिनुपर्ने माग गरेका थिए। तर उनको प्रस्ताव बहुमतबाट अस्वीकृत भयो।

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गर्न प्रस्ताव गरेका थिए। अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले विधेयक पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे।

त्यसपछि बहुमतका आधारमा विधेयक पारित भएको हो ।

Skip This
Skip This
Logo