नेपाललाई तेस्रो सफलता

नेपाललाई तेस्रो सफलता

केन्द्रबिन्दु
0
Shares

दुबईस्थित आईसीसी ग्लोबल एकेडेमीमा जारी टी ट्वान्टी प्रतियोगितामा नेपाललाई लगातार तेश्रो सफलता मिलेको छ।

नेपाललाई तेस्रो सफलता बसन्त रेग्मीले दिलाएका हुन्। बसन्तले सिपी रिजवानलाई आउट गरेका हुन्। यसअघि नेपाललाई सोमपाल कामीले दिलाएका हुन्। सोमपालले युएईका गुलाम साबेरलाई आउट गरेका हुन्। त्यसअघि नेपाललाई पहिलो सफलता सन्दीप लामिछानेले अस्फाक अहमदलाई दुई रनमा आउट गरेका थिए।

नेपालले युएईविरूद्ध टस जितेर पहिले फिल्डिङ रोजेको थियो  । यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट तीन जना खेलाडीले आज  अन्तर्राष्ट्रिय टी ट्वान्टीमा डेब्यू गर्दैछन्। रोहित कुमार पौडेल, सन्दीप जोरा र अभिनाश बोहोराले टी ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गर्न लागेका हुन्।

पछिल्लो एक वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका मध्य क्रमका ब्याट्मेन रोहित पौडेलका लागि आजको खेल टी ट्वान्टी अन्तर्राष्ट्रियका लागि पहिलो हुनेछ।यस्तै तिब्र गतिका बलर अभिनाशको राष्ट्रिय टोलीबाट यो पहिलो खेल हुनेछ। पछिल्लो समय घरेलु फ्रेन्चाइज टी-२० प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका अभिनासले आजै राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय टी ट्वान्टीको डेब्यू क्याप लगाउनेछन्। यू-१९ उमेर समुहको राष्ट्रिय टोलीबाट खेलिसकेका सन्दीप जोराले यसअघि यूएईविरुद्ध ओडीआई सिरिजको तेस्रो खेलमै डेब्यू गरेका थिए।

आजको खेलमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), प्रदिप ऐरी, दिपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, रोहित पौडेल, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, वसन्त रेग्मी र अभिनाश बोहोराले खेल्ने छन् ।

Logo