बालिकाहरूलाई तरुनी हुन नदिऊँः अनुराधा कोइराला

बालिकाहरूलाई तरुनी हुन नदिऊँः अनुराधा कोइराला

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बालिकाहरूको अधिकार र संरक्षणप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउँदै बालिकाहरूलाई उनीहरूको बालापनमा नै जिउन दिनुपर्ने बताएकी छिन् ।

राष्ट्रिय एचआइभी महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले बालिकाहरूलाई समयभन्दा अगाडि परिपक्व बन्ने दबाब दिनु अनुचित रहेको बताइन् ।

उनले भनिन्, ‘बालिकाहरूलाई बालिका नै रहन दिऊँ । उनीहरूलाई तरुनी नबनाऊँ ।’ कोइरालाले बालिकाहरूको शिक्षामा सहज पहुँच, स्वास्थ्य सेवामा सरलता प्रदान गर्न आग्रह समेत गरेकी छन् ।

उनले भनिन्, ‘बालिकाहरूको उचित पालनपोषण, संरक्षण, र शिक्षाको पहुँच सुनिश्चित गर्नु हाम्रो सामुहिक दायित्व हो । उनीहरूको भविष्य सुनिश्चित गर्ने काम गर्न सबै पक्षले हातेमालो गर्नुपर्छ ।’

कोइरालाले एड्स दिवसलाई खासै मान्छेहरूले मान्यता नदिएको दुखेसो गरिन् । कार्यक्रममा एचआईभी–एड्ससम्बन्धी जनचेतना फैलाउन समाजका सबै पक्षले सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिइन् ।

उनले देश हाँकिरहेकाहरूले एचआईभी–एड्स न्यूनीकरण र बालिका बचाऊ अभियानमा लाग्नुपर्ने बताइन् । देश सफा गर्न सबै जुट्नुपर्नेमा कोइरालाको भनाइ थियो ।

Logo