उदयले एलेक्सामा गरे नेपाली अनुवादकको विकास

उदयले एलेक्सामा गरे नेपाली अनुवादकको विकास

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली युवा उदय शिवाकोटीले एलेक्सा प्रयोगकर्ताको लागि अङ्ग्रेजीबाट नेपाली अनुवाद गर्न सक्ने आर्टिफिसयल इन्टेलिजे्स एआईको विकास गरेका छन् ।

एमजनको भर्चुअल एसिस्टेन्ट एलेक्सामा उनले नेपाली अनुवाद गर्नसक्ने प्रविधिको विकास गरेका हुन् । शिवाकोटीले विकास गरेको अनुवादकको सहयोगमा मानिसहरुले सजिलै अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्न सक्ने बताइएको छ ।

एमजनको यो उत्पादनले मानिसको आवाज सुनेर त्यसको उत्तर पनि दिन सक्छ । यो प्रविधि विकास भएसँगै एलेक्साका नेपाली प्रयोगकर्तालाई सहयोग पुग्ने विश्वास गरिएको छ ।

आईटीमा राम्रो ज्ञान भएका शिवाकोटी हाल इंगल्याण्डमा आइटी अफिसरका रुपमा कार्यरत छन् । शिवाकोटी विगत दुई दशकदेखि आइटी क्षेत्रमा काम गरिरहेका छन् ।

Logo