लक्ष्मण सिंह खड्का राजावादी भनेर चिनिन्छन् । उनी हरेकजसो दिवस वा उत्सव हुँदा एक्लै सडकमा निस्कन्छन् र आफ्ना असन्तुष्टिहरु व्यक्त गर्छन् । उनका अभिव्यक्तिहरु छुच्चा जस्ता लागेपनि यथार्थपूर्ण छन् ।
विभिन्न राजाहरुका शालिक सफाइ गर्ने देखि लिएर रंगरोगन गर्ने सम्मका काममा पनि उनी आफ्नो दैनिकी खर्च गर्छन् । शहीद दिवसका दिन शहीदगेटमा आज उनले विशेष कार्यक्रम पनि गरे । ६९ वर्षिय खड्का पछिल्लो राजनितीक परिवर्तन प्रति पटक्कै खुशी छैनन् । उनले यसपटक केन्द्रविन्दु टेलिभिजनसँग राजा विरेन्द्रको हत्या, मदन भण्डारीको हत्या तथा निर्मला पन्तको हत्याका बारेमा पनि खुलेरै बालेका छन् । आफूलाई नेपालका खलासी भनेर चिनाउने खड्काले के भने त त्यस्तो ? हेरौं यो भिडियोमा :





























प्रतिक्रिया