नेपाली सेलिब्रेटी फेसनप्रति कति सचेत होलान् ? संभवत यसको उत्तर एउटै हुनेछैन । किनभने हाम्रा सेलिब्रेटीहरु बहुरंगी छन् । कोही फेसनमा अति कन्सस छन् । सकेसम्म आफुलाई स्टाइलिस्ट देखाउन खोज्छन् ।
अर्काथरी छन्, जसलाई आफ्नो पहिरनको कुनै वास्ता छैन । जस्तो भेट्यो, उस्तै भिरेर निस्कन्छन् । अभिनेता दयाहाङ राई भन्ने गर्छन्, ‘लुगा मिलाएर लगाउनै आउँदैन । अलि नयाँ लुगामा टिपटप भएर हिँड्न पनि लाज लाग्छ ।’
अर्को अभिनेता भूवन केसी भने जतिसक्दो फेसनमा तालमेल मिलाउन खोज्छन् । उनी धेरैजसो स्टाइलिस देखिन रुचाउँछन् । त्यही अनुरुप आफ्नो पहिरनको कम्बिनेसन मिलाउँछन् ।
फेसनको मामलामा यस्तै बेमेल छन्, नेपाली सेलिब्रेटीहरु । कसलाई फेसनप्रति औधी चासो छ । कसलाई मतलब छैन । तर सेलिब्रेटी भइसकेको अवस्थामा उनीहरुले गर्ने फेसनले खास अर्थ राख्छ ।
किनभने सेलिब्रेटी भनेका समाजका रोल मोडल पनि हुन् । उनीहरुले लगाउने पहिरन, उनीहरुले गर्ने स्टाइलको प्रभाव समाजमा पर्छ । त्यसैले सेलिब्रेटीसँग बाध्यत्मक स्थिती हुन्छ, फेसनका लागि । यसै सन्दर्भमा हामीले नेपाली सेलिब्रेटीका फेसन सेन्स, रुची आदिबारे चर्चा गरेका छौं ।































प्रतिक्रिया