काठमाडौं । नेपालले युएईमा जारी यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानमाथि जित दर्ता गरेको छ । दुबईको सारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले स्तब्ध बनाएको हो ।
अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए । अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठीले ९ रन जोडे । कप्तान हेमन्त धामी २२ रनमा अविजित रहे ।
त्यसअघि टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको थियाे ।
अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै खातीर खानले २६ बलमा १५ जोडे । अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे ।
नेपालका लागि युनिश विक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २ विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग एक सय ३१ रनले पराजित भएको थियो ।





























प्रतिक्रिया