कहाँ भुटान कहाँ बिचरो नेपाल !

कहाँ भुटान कहाँ बिचरो नेपाल !

केन्द्रबिन्दु
0
Shares

ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकले नेपालमा बिगत ५ बर्षमा भ्रष्टाचारको अबस्था ‘औसत यथावत’  रहेको देखाएको छ।  मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार सूचकांक अनुसार नेपाल  दक्षिण एशियाली मुलुकमध्ये तेश्रो भ्रष्ट मुलुक बनेको छ। नेपाल गत वर्ष जस्तै ३१ अङ्क ल्याएर १८० मुलुकमध्ये १२४ औँ स्थानमा परेर सुशासनमा कुनै प्रगति हासिल नगरेको हो ।

यस अघि नेपाल सन् २०१६ मा २९ अङ्क ल्याउँदै १३१ औं, २०१५ मा २७ अङ्क ल्याउँदै १३०, २०१४ मा २९ अङ्क ल्याउँदै १२६ औँ, २०१३ मा ३१ अङ्क ल्याउँदै ११९ र २०१२ मा २७ अङ्क ल्याउँदै १३९ औँ स्थानमा परेको थियो ।

दक्षिण एशियाली मुलुक मध्ये सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भुटान ६८ अङ्क ल्याउँदै २५ औँ स्थानमा छ । सूचाकांक सार्वजनिक भएसंगै नेपाल र भुटानबीच तुलनात्मक व्याख्या हुन् थालेको छ । त्यसो क्षेत्रफल र प्राकृतिक स्रोत साधनको हिसाबले नेपाल भन्दा निकै सानो छ। भुटानको क्षेत्रफल ३८ हजार ३९४ बर्ग किमी छ।

यसै बिषयमा पूर्वसचिव भिम उपाध्यायले भुटान र नेपालबीचको भिन्नतालाई तथ्यांकीय नजरले औल्याएका छन्।

१. ६५ वर्ष नाघेकाहरू राजनीतिबाट रिटायर हुनुपर्छ ।

२. ग्रेजुअट नपढेका सांसद हुन पाउदैनन् ।

३. राजाउपर महाअभियोग लगाउने अधिकार संसदलाई छ ।

४. राजा पनि ६५ वर्ष पछि रिटायर हुनुपर्छ ।

५. दुई दलीय राज्य व्यवस्था छ ।

६. दल फुटाउन वा परिवर्तन गर्न पाईदैन ।

७. दुरूस्त सशक्त राज्यका संवैधानिक अंग छन् ।

८. विश्वकै दोश्रो सानो संविधान छ ।

९. संविधानमा मुलुकको फरेस्ट कभर ६०% भन्दा बढी हुनुपर्ने उल्लेख छ ।

१०. एउटा पूरा धारा अध्यात्ममा छ ।

११. एउटा पूरा धारा संस्कृतिमा छ ।

१२. राज्यधर्म बज्रयान बुद्धिज्म भएको एक मात्र देश ।

१३. सांसद हुन विगतमा कुनै क्रिमिनल रेकर्ड नभएको हुनुपर्छ ।

१४. जनताले नचाहदा नचाहदै पनि राजाले नै जनतालाई सम्झाईबुझाई गरेर प्रजातान्त्रिक संविधान २००८ लागू गरिएको देश ।

१५. मन्त्रालय र मन्त्रीको संख्या तोकिएको देश ।

१६. कार्वन न्युट्रल र कूल राष्ट्रिय खुशियाली मुल नीति कायम गरी सोही आधारमा सबै नीति योजना र शासन व्यवस्थाको संयन्त्र वनेको मुलुक ।

१७. टेक्नोक्रेट र पेशाविदहरू सांसद र मन्त्री रहेको मुलुक ।

१८. विश्वमा व्याप्त लोकतान्त्रिक विकृतिलाई भुटान छिर्न नदिने संबैधानिक र कानुनी व्यवस्था भएको देश ।

१९. विदेशीहरूको हस्तक्षेपलाई पूरा नियन्त्रण गर्न हरउपाय गरिएको देश ।

२०. प्रधानमन्त्रीको कार्यकाल बढीमा २ पटक हुने देश ।

२१. सरकारले कार्यकाल पूरा गर्न पाउने देश, कुनै राजनीतिक अस्थिरताको चिन्ता गर्न नपर्ने।

२२. सबै नेशनल रिजर्भ पार्कलाई एकआपसमा जोडेर वन्यजन्तु जुनठाउंबाट जता जान मिल्ने पूर्वाधार भएको ।

२३. अन्तर्राष्ट्रिय ईस्युमा आफ्नो स्वतन्त्र धारणा र मत दिने देश । (हालै युएनमा जेरूसेलम ईस्युमा अमेरिका विरूद्ध नेपाल र भारतले विरोध गरेता पनि भुटान न्युट्रल रहेको)।

२४. सबै शिक्षा र स्वास्थ्य निशुल्क छ ।

२५. प्लाष्टिक र सुर्तिमुक्त छ ।

२६. ग्रीन अर्थतन्त्र छ ।

२७. संसदमा पक्ष विपक्ष दलका अलग्गै वेन्चसीट हुदैन निर्वाचन क्षेत्र क्रसं बमोजिम सीट रहन्छ ।

२८. निर्वाचन खर्च राज्यले नै बेहोर्छ आफूखुशी पैसा बगाएर मतदातालाई जॉडरक्सी मासुभात खुवाउन व्यापारी कर्मचारीबाट उठाएर भ्रष्टाचार गरेको पैसा दुरूपयोग गर्न पाईदैन ।

२९. भुटानको प्रतिव्यक्ति आय ३,००० डलर छ।

३०. भुटान विश्वकै अति कम भ्रष्ट र नेपाल विश्वमा अति बढी भ्रष्ट।

३१. भुटानमा प्रजातन्त्र आएको १० वर्ष पुगेको छ , नेपालमा भने दुई चोटी आयो र ३० वर्ष मात्र पुगेको छ ।

Logo