काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन जोडेको हो ।
एनपीएलमा यो लक्ष्य अहिलेसम्मकै ठूलो हो ।
लुम्बिनीका लागि कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन बनाए । २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । तर, लामो सटको प्रयासमा क्याचआउट हुँदा उनी एनपीएलमा पहिलो अर्धशतकबाट चुकेका थिए ।
यसैगरी आशुतोष घिरैयाले १३ बलमा २ चौका र १ छक्काको सहयोगमा १५ रन जोडे । अर्जुन साउदले १७ रन, सन्दीप जोराले १२ तथा साद विन जाफरले १५ रन जोडे । विवेक यादव १९ रनमा नट आउट रहे ।
बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मात आलम र राजेश पुलामी मगरले समान १ विकेट लिए । एनपीएलमा सन्दीपको यो पहिलो विकेट हो । यसअघि दुई खेलमा विकेट विहीन रहेका थिए ।































प्रतिक्रिया