रुपिज इन्टरनेसनल स्कुलले मनायो ४२औं वार्षिकोत्सव

रुपिज इन्टरनेसनल स्कुलले मनायो ४२औं वार्षिकोत्सव

केन्द्रबिन्दु
507
Shares

काठमाडौं । काठमाडौंको बाफलमा अवस्थित रुपिज इन्टरनेसनल स्कुलले ४२औं वार्षिकोत्सव मनाएको छ ।

सोमबार सम्पन्न उक्त वार्षिक उत्सवमा प्रमुख अतिथीका रुपमा इजिप्टका राजदूत नोहा हाम्दी अहमद एल्गेबाली उपस्थित थिइन् । उनीसँगै श्रीलंकन दूतावासका प्रतिनिधि मधुशा हिमानी गणसेकरा र यूएई दूतावासका प्रतिनिधि नाहिद मुनिजा पनि उपस्थित थिए । यसका साथै शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

रुपिज इन्टरनेसनल स्कुलले वार्षिक समारोहका बीच विद्यार्थीलाई विभिन्न ४ विधामा पुरस्कार वितरण पनि गरिएको थियो । जसअन्तर्गत डा. अवतार सिंह जोसेन स्टुडेन्ट अफ द इयर अवार्ड अपिल शाहलाई प्रदान गरिएको छ ।

यसैगरी डा. अविनाश कौर जोसेन मेडिकल स्टुडेन्ट अवार्ड जेनशीन रेग्मीलाई प्रदान गरिएको छ । यो अवार्ड चिकित्सा पढिरहेको एक उत्कृष्ट विद्यार्थीलाई दिइन्छ । यसैगरी नोरोन्हा ट्रफी अवार्ड कक्षा ५ मा अध्ययनरत विद्यार्थी वैभव अधिकारी र माया राणा ट्रफी इन्द्रकला क्षेत्री र अनुजा स्थापितलाई प्रदान गरिएको थियो।

अन्त्यमा, मोष्ट इन्करेन्जिङ प्यारेन्ट टाइटल शायशमान सिंह बस्नेतका अभिभावक पवित्रा बस्न्यातले जितिन् ।

Logo