ब्लाइन्ड महिला क्रिकेटमा पनि नेपालकाे सानदार जित

ब्लाइन्ड महिला क्रिकेटमा पनि नेपालकाे सानदार जित

केन्द्रबिन्दु
0
Shares

महिला ब्लाईन्ड अन्तर्राष्ट्रिय क्रिकेट सिरिजकाे पहिलाे खेलमा  नेपाल १० विकेटले बिजयी भएको छ ।

पाकिस्तानको लाहोरमा आजबाट सुरु भएकाे खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पाकिस्तानलाई मात्र ११.३ ओभरमा ५३ रनमा अलआउट गरेकाे हो । ५४ रनको सामान्य लक्ष्य नेपालले ५ ओभरमा बिना विकेट क्षतिमा पुरा गर्याे । नेपालका दुबै ओपनर मनिताले २८ तथा मनकेशरी चौधरीले १९ रनको योगदान दिईन ।

नेपालले अब दोस्रो टि-ट्वान्टी ३१ जनबरीमा फैसलाबादमा, तेस्रो टि-ट्वान्टी फेब्रुअरी १ मा फैसलाबादमा, चौथो टि-ट्वान्टी फेब्रुअरी ३ मा इस्लामाबादमा र पाँचौं टि-ट्वान्टी फेब्रुअरी ४ मा इस्लामाबादमा खेल्नेछ ।

 

एक दिवसीय क्रिकेटमा नेपाल १५ औं स्थानमा

 

पारसको सतकसँगै एक दिवसीय सिरिज नेपालको पोल्टामा, यूएई ४ विकेटले पराजित

Skip This
Skip This
Logo