बिजुलीको विकास प्रदर्शन गर्न एडीबीको पाँच दशकको साझेदारी समयसापेक्ष र नवीन छः सभामुख घिमिरे

बिजुलीको विकास प्रदर्शन गर्न एडीबीको पाँच दशकको साझेदारी समयसापेक्ष र नवीन छः सभामुख घिमिरे

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । सभामुख देवराज घिमिरे र इपानका पूर्वअध्यक्ष एवं हाइड्रो उद्यमी शैलेन्द्र गुरागाईँ तथा सर्वसाधरणले नेपाल कला परिषद्मा जारी तस्बिर प्रदर्शनी अवलोकन गरेका छन् ।

एसियाली विकास बैंक (एडीबी) ले फोटो जर्नलिस्ट क्लब नेपालसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीको दोस्रो दिन सभामुख घिमिरे अवलोकनमा आइपुगेका हुन् ।

सभामुख घिमिरेले प्रदर्शनीले आफूलाई समय कसरी राम्रोका लागि परिवर्तन भएको छ भनेर प्रतिबिम्बित गराएको बताए । ‘विद्युत् विकास हुनुअघि यस क्षेत्रको अवस्था, प्रदर्शनीमा देखाइएअनुसार परिस्थिति कति चुनौतीपूर्ण थियो भनेर प्रकाश पार्छ । यो प्रभावशाली र व्यावहारिक प्रदर्शनीले प्रगति देखाउँछ र भविष्यका परियोजनाहरू कसरी सञ्चालन गर्नुपर्छ भनेर दर्शन प्रदान गर्दछ,।’ उनले भने ।

उनले सिर्जनात्मक कार्यक्रमहरूमार्फत बिजुलीको विकास प्रदर्शन गर्न एडीबीको पाँच दशकको साझेदारी समयसापेक्ष र नवीन रहेको उल्लेख गरे । सभामुख घिमिरेले देशको ऊर्जा क्षेत्रको विकासमा एडीबीले गरेको सहयोगका लागि धन्यवाद समेत दिएका छन् ।

इपानका पूर्वअध्यक्ष एवं हाइड्रो उद्यमी शैलेन्द्र गुरागाईंले पनि प्रदशनीको अवलोकन गरेका छन् । प्रदर्शनीमा राखिएका तस्बिरले नेपालमा जलविद्युुत्को उत्पादन, वितरण र उपयोगको संयोोजनलाई स्पष्ट पारेको उनले बताए । फोटो प्रदर्शनीले नेपालमा ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार र एडीबीबीचको ५० वर्षको साझेदारीलाई उजागर गर्ने समेत बताए । यो प्रदर्शनी आउँदो सोमबार (९ डिसेम्बर २०२४) सम्म चल्नेछ ।

Skip This
Skip This
Logo