काठमाडौं । गोल्छा ग्रुप र ग्लोकल प्रा.लि.को सहकार्यमा स्थापित इम्बार्क कलेजले आफ्नो औपचारिक यात्रा सुरु गरेको छ । ललितपुरको केन्द्र पुल्चोकमा अवस्थित यो कलेजले उद्यमशीलता, आधुनिक शिक्षा, र सीपमा आधारित शिक्षामा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य राखेको छ ।
यस कलेजले शिक्षा मन्त्रालयबाट मंसिर १३ गते स्वीकृति प्राप्त गरेको हो ।
कलेजले विश्व बरियतामा शीर्ष १५ प्रतिशत र्याङ्क भएको युनिभर्सिटी अफ रोह्याम्प्टन लन्डन(युके) सँगको शैक्षिक साझेदारीमा बिजनेस म्यानेजमेन्ट (बिएससी) (४ वर्ष) र एमबिए (२ वर्ष) जस्ता विषयहरु सञ्चालन गरेको छ । यी विषयहरुको भर्ना प्रक्रिया भने १४ मंसिरदेखि शुरु भइसकेको छ ।
रोह्याम्पटन विश्वविद्यालयका उपकुलपति जेन नोयल इजिनगर्डले करियर केन्द्रित शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले इम्बार्क कलेजसँग सहकार्य गर्न पाउँदा हर्षित रहेको बताए । ‘यो साझेदारीले स्थानीय समुदायमा मेल खाने किसिमको उद्योग सुसूचित शिक्षण प्रदान गर्नेछ, जसले सबै किसिमको पृष्ठभूमि भएका मानिसहरूका लागि नयाँ अवर प्रदान गर्नेछ,’ उनले भने ।
यस्तै, कलेजका अध्यक्ष शेखर गोल्छाले कलेज नेपालको वर्तमान अवस्थालाई मध्यनजर गर्दै भविष्यप्रति लक्षित गरिएको लगानी गरेको बताए । ‘उद्यमशीलता विकासमा केन्द्रित भएर हामी इम्बार्क कलेजलाई नेपालमा उद्यमशीलताको पावरहाउसको रूपमा स्थापित गर्नेछौं ‘अन्टर्प्रन्योर्सबिल्ड नेशन’ भन्ने मूल नाराका साथ हामीले यस कलेजलाई अगाडि बढाउने लक्ष्य राखेका छौं,’ उनले भने ।
त्यसैगरी ग्लोकलका अध्यक्ष तथा कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले पनि आफ्नो विचार व्यक्त इम्बार्क कलेजको ध्यान युवाको सीप र शिक्षाको विकासमा केन्द्रित रहने बताए ।
‘यस कलेजको स्थापनाले शिक्षालाई उद्योग, उद्यमशीलता र समग्र समाजसँग जोड्ने दृष्टिको विकास गर्नेमा हामी ढुक्क रहेका छौं, शिक्षा मन्त्रालयको निर्देशन अनुसार र विश्व वरियताको स्तरमा पनि उच्च मुल्याङ्कन भएको युनिभर्सिटीसँग संलग्नताले हामी गुणस्तरिय शिक्षामा विश्वस्त रहेका छौं,’ उनले भने ।
एमबीएमा भर्ना हुने विद्यार्थीलाई इण्डष्ट्री कनेक्ट सहित प्लेसमेन्ट मोडालिटीमा लैजानेबारे विभिन्न इण्डष्ट्रीसँग सहकार्य गर्ने भएको छ । उत्कृष्ट शिक्षाको अनुभव प्रदान गर्ने उद्देश्यले ललितपुरको सुविधा सम्पन्न स्थानपुल्चोकमा कलेज स्थापना गरिएको सञ्चालकहरूले बताएका छन् ।
प्रविधिमैत्री र विद्यार्थी–केन्द्रित पूर्वाधारका साथ शिक्षाको गुणस्तरलाई प्राथमिकतामा राखेर,शिक्षा मन्त्रालयले तोकेको १० प्रतिशत पूर्ण छात्रवृत्ति पनि प्रदान गर्ने र त्यसमा विश्वविद्यालय शुल्क समेत समावेश हुने पनि उल्लेख गरिएको छ ।
उद्योगको आवश्यकता अनुसार व्यवहारिक र प्राविधिक शिक्षा प्रदान गर्दै विद्यार्थीहरूमा व्यवसायिक सोच र आत्मनिर्भरता विकास गर्ने उद्देश्यले कलेजले राखेको छ । व्यवहारिक ज्ञान र सीपलाई प्राथमिकतामा राखेर तयार पारिएको कलजको पाठ्यक्रमले विद्यार्थीलाई उद्यमशील संस्कारमा परिचित गराउने विश्वास सञ्चालक टिमलले लिएको छ ।
उक्त पाठ्यक्रमले विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक परियोजनामा सहभागी गराउने उद्देश्य राखेको छ । क्लास डिस्कसन, प्रेजेन्टेसन रटिमवर्कले विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्ने विश्वास पनि गरिएको छ । साथै प्रगतिशील सुधारका लागि साप्ताहिक मूल्याङ्कन प्रणालीसमेत लागू गरिएको छ ।
त्यसैगरी समुदायसँगको सम्बन्ध बलियो बनाउन विद्यार्थीलाई सामाजिक जिम्मेवारीबारे सचेत बनाउँदै जीवन उपयोगी सीप विकासमा सहयोग पुर्याउने लक्ष्य पनि कलेजले लिएको छ ।
इम्बार्क कलेजले शिक्षालाई उद्योग र समाजसँग जोड्ने दृष्टिकोणका साथ आफ्नो यात्रा सुरु गरेको छ । कलेजले सीपमा आधारित शिक्षाका माध्यमबाट विद्यार्थीलाई व्यावसायिक र व्यक्तिगत रूपमा सशक्त बनाउँदै नेपालको शैक्षिक परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको छ ।































प्रतिक्रिया