काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजमाथि ७३ रनको सानदार निकालेको हो।
सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं १५.५ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटिएको हो । काठमाडौंका लागि स्टेफन स्किनाजीले सर्वाधिक ३७ रन जोडे । उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । यसैगरी सुमित महर्जनले १० बलमा १४ रन, भीम सार्कीले ८ बलमा १० रन, जेहार्ड एरास्मसले ५ बलमा १० रन जोडे ।
अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । जसरी दोस्रो खेलमा कर्णालीलार्ई हराउँदा ब्याटिङमा जादू देखिएको थियो, त्यो आज रहेन ।
काठमाडौंलाई सस्तैमा समेट्न बलिङतर्फ सुदूरपश्चिमका लागि नरेन साउदले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । यसैगरी अभिनास बोहोराले २ तथा ब्रन्डन म्याकमुलन र सेफ जैबले समान १ विकेट लिए ।
बलिङतर्फ सुदूरपश्चिमका लागि नरेन साउदले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । यसैगरी अभिनास बोहोराले २ तथा ब्रन्डन म्याकमुलन र सेफ जैबले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १६७ रन बनाएको हो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरे । उनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ रन बनाए । ऐरीले २५ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन जोडेका हुन् ।
यस्तै विनोद भण्डारीले ३५, सैफ जैबले ११, रोहन मुस्तफाले चार र आरिफ सेखले तीन रन बनाए । खेलमा अविजित रहँदै स्कट कुग्गेलिजनले सात र इशान पाण्डेले एक रनको योगदान दिए । सुदूरपश्चिमले अतिरिक्त दश रन पायो ।
काठमाडौंका लागि रासिद खानले सर्वाधिक दुई विकेट लिए । गेर्हार्ड इरास्मस, शाहब आलम र कप्तान करण केसीले एक/एक विकेट हात पारे ।
जारी प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । पहिलो खेलमै सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूआत गरेको थियो । तर, यता काठमाडौं गुर्खाजको यो तेस्रो खेलमा दोस्रो हार हो ।यसअघिका दुई खेलमध्ये काठमाडौँले एक खेलमा विजयी भएको छ भने एक खेलमा पराजय भोगेको छ । काठमाडौँ गुर्खाज पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलार्ई तीन विकेटले हराएको थियो ।





























प्रतिक्रिया