काठमाडौं
उनी आँखा चिम्लेर पल्टिरहन्छन् । कोही भेट्न आउँदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन् । आगन्तुकहरु हेरेरै फर्किन्छन् । २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ । उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ । उको शरीर कमजोर बन्दै गएको छ । बोलीसमेत निस्किँदैन । मुस्किलले साउती गर्छन् । परेला पाट्टिएका छन् । तर ६३ वर्षीय केसीले औषधी खान मानेका छैनन् ।
नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन् । उनको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ । केसीको अवस्था जटिल हुँदै गइरहेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विशेषज्ञ डा. प्रमेश श्रेष्ठले जानकारी दिए ।
केसीलाई अहिले रिंगटा लाग्ने, छाती दुख्ने र सास लिन गाह्रो हुने समस्या देखिएको छ । सुत्न अप्ठेरो भएको छ । मुटुको धड्कनमा उतारचढाव आइरहेको छ । शरीरमा पोटासियम अत्यन्त न्यून छ । ‘यस्तो अवस्थामा मुटुको चालमा गडबडी हुने संभावना हुन्छ,’ श्रेष्ठले भने ।
रगत पातलो पार्ने र मुटुको समस्या रोक्ने दुई किसिमको औषधी दिन खोजिएको थियो । तर उनले नमानेका केसीका भाइ किशोरले बताए । प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक स्वेतरक्त कोष (डब्लुबीसी) घट्दै गएको छ । ‘डब्लुबीसी निकै कम छ । उहाँको जुनसुकै अंगमा संक्रमण हुन सक्ने जोखिम छ,’ श्रेष्ठले भने ।
गणेशमानसिंह भवनको साधारण शैयामा छन् केसी । पुस २५ गतेदेखि उनले इलामबाट सोह्रौं अनशन शुरु गरेका थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सरकारले हेलिकोप्टरबाट उनलाई शिक्षण अस्पताल ल्याएको थियो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया