देशको भविष्य बनाउने युवा जनशक्ति उत्पादन गर्न गतिलो शिक्षक चाहिन्छ

देशको भविष्य बनाउने युवा जनशक्ति उत्पादन गर्न गतिलो शिक्षक चाहिन्छ

केन्द्रबिन्दु
15
Shares

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देशको भविष्य बनाउने युवा जनशक्ति उत्पादन गर्न गतिलो भवनभन्दा गतिलो शिक्षक चाहिने बताएका छन् ।

विसं २०२५ सालमा स्थापना भएको भक्तपुरको देवी माध्यमिक विद्यालयको ५६ औँ वार्षिकोत्सवमा उनले शिक्षा सुधारका लागि शिक्षकको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् ।

बिजुक्छेँले भने, “शिक्षाका लागि आवश्यक भवन तथा भौतिक पूर्वाधारमात्र गतिलो भएर हुँदैन, अध्यापन गराउने शिक्षकहरू पनि गतिला हुनुपर्छ, तबमात्र देश बनाउने सक्ने असल युवा जनशक्ति उत्पादन हुन्छन् ।” विद्यालयको शैक्षिकस्तर उकास्न विद्यालयले अभिभावकहरूसँग निरन्तर छलफल र अन्तरक्रिया सुझाव दिए ।

उनले विद्यालयमा दीर्घ सेवा गरेका शिक्षक, एसईई उत्तीर्ण विद्यार्थी, विद्यालयका पदाधिकारीहरू, शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरू तथा विद्यालय परिवारलाई कदर पत्रका साथ सम्मान गरे । कार्यक्रममा चाँगुनारायण नगरपालिका–९ का अध्यक्ष गणेश त्यात, जनप्रतिनिधी कमला गिरी, संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष रोशनराज तुईतुईलगायतले शिक्षाप्रेमी, राजनीतिक दल, समाजसेवी, स्थानीय सबैको साथले मात्र विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सक्ने बताए ।

विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजूले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका समस्या र चुनौतीलाई सामना गर्नका लागि विद्यालयले बनाएको भावी नीति तथा कार्यक्रम पेश गरे ।

Skip This
Skip This
Logo