कांग्रेसको कोशी भेला विराटगरमा, शेखर कोइरालाद्वारा बहिष्कार

कांग्रेसको कोशी भेला विराटगरमा, शेखर कोइरालाद्वारा बहिष्कार

केन्द्रबिन्दु
126
Shares

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशस्तरीय पहिलो सम्मेलन आज (शनिबार) विराटनगरमा सुरु हुँदै छ । भेलाको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्दै छन् ।

उद्घाटनका लागि देउवा शुक्रबार साँझ नै विराटनगर उत्रिसकेका छन् । भेलामा सहभागीहरू विराटनगर आइसकेका छन् ।

देउवाले उद्घाटन गर्ने कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारीहरू विराटनगर पुगिसकेका छन् । विधानसम्मत प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भए पनि पार्टीले पहिलोपटक सम्मेलन गर्न लागेको हो । सम्मेलनका लागि १४ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।

भेलामा प्रदेशभरका महासमिति सदस्य २८६ जना, महाधिवेशन प्रतिनिधि ३९२ जना, प्रदेश अधिवेशन प्रतिनिधि ८९६ जना, पार्टी प्रदेश कमिटिका १२१ जना कार्यसमिति, १४ वटै जिल्ला सभापति, २८ जना क्षेत्रीय सभापति, प्रदेश सभापति ५६ जना र भातृ तथा सुभेच्छुक संघसंस्थाका प्रतिनिधि सहभागी हुनेछन् ।

भेलालाई उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापालगायतले सम्बोधन गर्ने तयारी छ । संस्थापनइतर पक्षका नेता डा शेखर कोइरालाले भने आफ्नै प्रदेशको सम्मेलनमा सहभागी नहुने जनाएका छन् ।

कोइराला शनिबार चितवन जाँदै छन् । चितवनमा हुने दुईवटा शोकसभामा उनी सहभागी हुने उनको सचिवालयले जनाएको छ । वरीयता विवाद भएपछि कोइराला सम्मेलनमा सहभागी नहुने भएको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने भएका छन् । स्रोतका अनुसार, वरीयता विवाद भएपछि शेखर विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने भएका हुन् । उनले सभापति देउवापछिको वरीयतामा दाबी गरिरहेका छन् । तर दोस्रो वरीयतामा उपसभापति खड्का छन् ।

मंसिर १८ गते डा. कोइरालाले विराटनगरमा पालिका सभापतिहरूको भेला आयोजना गरेका थिए । भेलामा १ सय १३ जना पालिका सभापति सहभागी भएको कोइराला पक्षले जनाएको छ ।

Logo