स्टक ब्रोकर एशाेसिएसनको अध्यक्षमा सागर ढकाल विजयी, यस्तो छ नयाँ कार्यसमिति

स्टक ब्रोकर एशाेसिएसनको अध्यक्षमा सागर ढकाल विजयी, यस्तो छ नयाँ कार्यसमिति

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । स्टक ब्रोकर्स एशाेसिएसन अफ नेपाल(एसबान)को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिए पनि राजकुमार तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसक्दा निर्वाचनमा जाने तय भएको थियो । सोही अनुसार शुक्रबार भएको निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जित हात पारेका हुन् । उनका प्रतिद्वन्दी तिमिल्सिनाले ४३ मत प्राप्त गरे ।

एशाेसिएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वािचित भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।

Logo