आजको फलफूल तथा तरकारीको मूल्य

आजको फलफूल तथा तरकारीको मूल्य

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको छ।

यसैगरी आलु रातोको ६५, आलु सेतोको ६०, लोकल बन्दाको मूल्य ५०, काउली स्थानीयको ७० रुपैयाँ कायम भएको छ ।

यसैगरी कन्य च्याउ २००, कुरीलो १०००, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ कायम भएको छ ।

रायो सागको मूल्य २५ रुपैयाँ छ । तोरीको साग ३० ,पालुँगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २५ रुपैयाँ रहेको छ । त्यस्तै, लोकल गाजर १३० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, राजमा घिउ सिमी १३० रुपैयाँ, लौका ६०, घिरौला ८० रुपैयाँ र लोकल परवर ९० रुपैयाँ रहेको छ ।

त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १००, केरा १५०, स्याउ फूजी २८० रहेको छ ।

Logo