काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले जलश्रोतको धनि देश भनेर चिनिने नेपालमा खाने पानीको लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था दुःखद् रहेको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको चौथो अधिवेशन सहितको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्ननिको जग निर्माण गर्ने भए तापनि अझै खानेपानी तथा सरसफाईको क्षेत्रमा चुनौतीहरू रहेको बताए ।
उनले भने,‘नेपालको आर्थिक सामाजिक विकासमा खोनपानी र सरसफाई क्षेत्रको महत्त्व हामी सबैलाई अवगत नै छ । सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्ननिको जग निर्माण गर्दछ । तर अझै खानेपानी तथा सरसफाईको क्षेत्रमा केही चुनौतीहरू यथावत नै छ । जलश्रोतको धनि देश नेपाल भनेर गौरव गर्छौँ तर जनता पानीको लागि आन्दोलन गर्छन् ।’
उनले खानेपानी तथा सरसफाईको क्षेत्रमा नयाँ सोच र दृष्टिकोणका साथ अगाडि बढ्ने मार्गचित्र महासंघले तयार गरिरहेकोमा धन्यवाद दिए । मन्त्रालय एक्लैले मात्र खानेपानीको समस्या समाधान गर्न नसक्ने भन्दै महासंघ र मन्त्रालयको सहकार्यमा खानेपानीको आपूर्ति गर्न सफल हुने उनको भनाइ छ ।





























प्रतिक्रिया