सीडीओले मालपोत र नापीका हाकिमलाई घुस नमाग्ने कसम खुवाए

सीडीओले मालपोत र नापीका हाकिमलाई घुस नमाग्ने कसम खुवाए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले मालपोत र नापी कार्यालयका प्रमुखलाई घुस नमाग्ने कसम खुवाएका छन् । जिल्लास्थित मालपोत र नापी कार्यालयमा छड्के अनुगमन गर्दै कार्यालय प्रमुखहरुलाई सेवाग्राहीकै सामुन्ने राखेर घुस नखाई छिटो छरितो ढंगले काम गर्ने कसम खुवाएका हुन् ।

प्रजिअ कँडेलले अनुगमनमा जाँदा कर्मचारीको पोशाकमा नभई कालो उलनको सट, सेतो पाइन्ट र निलो हाफ ज्याकेट लगाएर गएका थिए । सेवाग्राहीकै शैलीमा भूमिसुधार तथा मालपोत र नापी कार्यालयमा पुगेका प्रजिअ कँडेलले प्रमुखहरुलाई कसम खुवाएका हुन् ।

अनुगमनको क्रममा प्रजिअ कँडेलले स्थानीय भाषामै कार्यालय प्रमुखलाई सेवाग्राही अगाडि उभ्याएर घुस नखाइ काम गर्ने प्रतिवद्धता जनाउन लगाएका थिए ।

Logo