तीन खेल जितेको चितवन र खाता खोल्न नसकेको लुम्बिनीबीच प्रतिस्पर्धाः चितवनले रोज्यो बलिङ

तीन खेल जितेको चितवन र खाता खोल्न नसकेको लुम्बिनीबीच प्रतिस्पर्धाः चितवनले रोज्यो बलिङ

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले पहिले बलिङ गर्ने भएको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर सुरुमा बलिङ रोजेपछि लुम्बिनी लायन्स पहिला ब्याटिङ गर्ने भएको हो।

चार खेल खेलिसकेको चितवन तीन जीतमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले खाता खोल्न सकेको छैन। लुम्बिनी लायन्सले जित्नै पर्ने दबावमा आजको खेल खेल्ने छ ।

Logo