आजदेखि मौसममा सुधार आउन सक्ने सम्भावना

आजदेखि मौसममा सुधार आउन सक्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गएको हप्ता भरिनै देशभरिको मौसममा उतार चढाव आइनै रह्यो । यसैक्रममा शुक्रबार बेलुकीबाट देशभरीकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले गर्दा देशभरीकै मौसम बदली भई धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आजदेखि भने मौसममा सुधार आउने सम्भावना छ । तैपनि पूर्णरुपमा सुधार आउन भने अझै केहि दिन लाग्ने विभागले जनाएको छ । यस्तै केहि दिनदेखि उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि भएकाले अत्याधिक चिसोसँगै जनजीवन प्रभावित भएको पनि विभागले जनाएको छ ।

Logo