काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीईओमा गोरख शमशेर राणा नियुक्त भएका छन् । बैंकको सुरुवाती समयदेखि त्यहीँ कार्यरत राणा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
राणाले अमेरिकाबाट एमबीए गरेका छन् । राणाले सुरुमा ग्रिनलेज बैंकबाट करियर सुरु गरेका थिए । त्यसपछि स्ट्यान्डर्ड चार्टर्डले ग्रिनलेज बैंक खरिद गरेदेखि राणा सोही संस्थामा आबद्ध रहँदै आएका थिए ।
सन् १९८७ बाट सञ्चालनमा आएको बैंकको सीईओमा नियुक्त हुनुअघि राणा डेपुटी सीईओको भूमिकामा थिए । राणा स्ट्यान्डर्ड चार्टर्डसँग सन् १९९४ देखि आबद्ध भएका हुन् ।





























प्रतिक्रिया