एपेक्स कलेजको दीक्षान्त समारोहमा २ सय ५८ विद्यार्थीहरू दीक्षित

एपेक्स कलेजको दीक्षान्त समारोहमा २ सय ५८ विद्यार्थीहरू दीक्षित

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । एपेक्स कलेजले विशेष दीक्षान्त समारोह आयोजना गरेको छ । यसवर्ष कलेजबाट २ सय ५८ विद्यार्थीहरू दीक्षित भएका छन् ।

दीक्षित हुनेमा १ सय ५० स्नातक (ब्याचलर्स) डिग्री प्राप्त गर्ने र १ सय ८ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थीहरू रहेका छन् ।

वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको कजेजले जनाएको छ । यी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धी र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्‍याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन् ।

यस वर्षको छात्रवृत्ति एपेक्स कलेज बिबिए – बैंकिङ र इन्स्योरेन्सका विद्यार्थी यादवप्रसाद पाण्डेलाई प्रदान गरिएको छ । उनी एपेक्स कलेजका १ सय ५० विद्यार्थीहरूमध्येबाट छानिएका हुन् । उनले एपेक्स कलेजमै एमबिए अध्ययनलाई निरन्तरता दिने छन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुपअन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।

Skip This
Skip This
Logo