काठमाडौँ । चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को उत्कृष्ट ४ मा पुगेर चर्चित बनेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका हिक्मत महराको निधन भएको छ ।
कैलालीको गोदावरीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको हो ।
कैलालीको गोदावरी मन्दिर जाने बाटो नजिक म २ प ९११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा महरा गम्भीर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
‘उनले विशेष गरेर समाजका विकृति, विसङ्गति र राजनीतिक परिदृश्यका बारेमा व्यंग्य गर्थे ।





























प्रतिक्रिया