एजेन्सी । भेनेजुएलाले अमेरिकी राजदूतावासका सबै अधिकारीहरुलाई आईतबारभित्र फिर्ता हुन निर्देशन दिएका छन् । राष्ट्रपति निकोलस मादुरोले अमेरिकी राजदूतावासका सबै अधिकारीहरुलाई आईतबारभित्र फिर्ता हुन निर्देशन दिएका हुन् ।
अमेरिकाले मादुरोको सरकारलाई ‘गैरकानूनी’ भन्दै टिप्पणी गरेपछि नै उनले यही साताभित्र अमेरिकी अधिकारीहरुलाई देश छाड्न निर्देशन दिएका हुन् ।
अमेरिकामा रहेका भेनेजुएलाका कुटनीतिज्ञहरुलाई समेत उनले फिर्ता बोलाएका छन् । यता ३५ वर्षे जुआन गुआदियोले लाखौं प्रदर्शनकारीको बलमा आफूलाई ‘कार्यकारी राष्ट्रपति’ घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संकट उब्जिएको छ ।
मादुरोले राष्ट्रिय टेलिभिजनमामार्फत सम्बोधन गर्दै अमेरिकाले भेनेजुएलामा हस्तक्षेप गरेको भन्दै विरोध जनाए । उनले आफ्नो मुलुकमा के गर्ने भन्ने निर्णय आफ्नै हुनुपर्ने भन्दै अमेरिकाको विरोध गरेका हुन् ।
अमेरिकाले भने मादुरोलाई राष्ट्रपतिको रुपमा स्वीकार गरेको छैन । चीन, रुस लगायत मुलुकले भने भेनेजुएलामा अमेरिकाको गतिविधिको आलोचना गरेका छन् ।
यसअघि शुक्रबार सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक प्रेश विज्ञप्ती जारी गर्दै अमेरिकी हस्तक्षेपको विरोध गरेका थिए । प्रचण्डले जारी गरिएको विज्ञप्तीमा तत्काल आफ्नो हस्तक्षेप बन्द गर्न आह्वान गरेका थिए ।































प्रतिक्रिया