काठमाडौँ । काठमाडौँको कमलादीमा भासिएको सडक चार महिना लगाएर मर्मत गरिएपछि बिहीबारदेखि सवारी साधन सञ्चालनमा आएको छ।
सडक विभागले इच्छुमती (टुकुचा) खोलामाथि एक स्पानसहित बक्स कल्भर्ट र ४.८४ मिटर लामो तथा १२ मिटर चौडा सडक मर्मत गरी सञ्चालनमा ल्याएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बक्स कल्भर्ट र सडकको रिबन काटेर उद्घाटन गरेका हुन्।
टुकुचामाथिको कल्भर्ट गत साउनमा भत्किएको थियो ।































प्रतिक्रिया