शुक्रबार भएको प्रतिनिधि सभाको बैठकमा घम्साघम्सी भयो । सत्ता पक्षले बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गराउन खोजेपछि प्रतिपक्षी नेपाली कांग्रेसले रोस्ट्रममै पुगेर बिरोध गरे।
उनीहरुलाई नियन्त्रण गर्न आज दोब्बर मर्यादापालक समेत खटाइएको थियो। अन्तत: जबर्जस्तरुपमा बिधेयक पारित भयो। तर बिधेयक पारित गर्नेक्रममा गम्भीर त्रुटी भएको तथ्य सार्वजनिक भएको छ।
सभामुख कृष्णबहादुर महराले आत्तिए बोल्दा बोली लर्बराएपछि त्रुटी भएको हो। उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ को अंग बनोस् भनि संसदमा निर्णयार्थ पेश गरे । उनले निर्णयार्थ पेश गरेपछि हुन्छ भन्ने तथा हुन्न भन्ने सदस्यहरुलाई हुन्छ र हुन्न भन्न आग्रह गरेका थिए ।
लगतै बहुमत सांसदहरुले हुन्छ भन्दै हात उठाए । तर, सभामुख महराले निर्णय सुनाउने बेलामा भने गल्ति बोले। उनले हुन्न भन्ने सदस्यहरुको बहुमत रहेकोले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको दफा २ देखि ५३ सम्म राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको अंग बनेको घोषणा गरे ।
स्मरण होस् सभामुख महराको कार्य क्षमतामाथि प्रश्न उठ्दै आएको छ।































प्रतिक्रिया