तराई र उपत्यकाका केही स्थानलाई हुस्सु र कुहिरोले ढाक्यो

तराई र उपत्यकाका केही स्थानलाई हुस्सु र कुहिरोले ढाक्यो

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यद्यपि देशभर मौसम सामान्यतया सफा रहेको छ ।

तराई र काठमाडौँ उपत्यकाका केही स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।

आज दिउसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुका साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन ,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo