काठमाडौं ।
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास’ सार्वजनिक भएको छ । उनको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा समावेश भएको गीत ‘रचे इतिहास‘’को लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।
हुलाक टिकटमा समावेश विशिस्ट ब्यक्तिहरूको नाम राखी लेखिएको यो गीतले केही समय अघि विश्व रकर्ड राख्न सफल भएको थियो । गीतमा सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन छ ।
डा.उपाध्यायले हालसम्म ३२ विश्व रेकर्ड राख्न सफल भएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित उनले गीत सङ्गीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गरेका हुन् । उनका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर सामाजिक विषयवस्तु पनि समावेश गरिएका हुन्छन्।
सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आइसकेका छन् । अब लगत्तै उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ’ पनि बजारमा आउने तयारीमा छ ।





























प्रतिक्रिया